नियम १७
शाखा अधिकृतको काम, कर्तव्य
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्यको अतिरिक्त शाखा अधिकृतको काम, कर्तव्य देहाय बमोजिम हुनेछः-

(क) आफूलाई काम गर्न तोकिएको शाखामा मातहत कर्मचारीहरूबाट हुने काम कारबाहीको प्रत्यक्ष निरीक्षण, नियन्त्रण, अनुगमन गरी आफू कार्यरत शाखाको काम कारबाहीप्रति जवाफदेही हुने,

(ख) रजिस्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिएको कामहरू गर्ने, र

(ग) अदालतको काम सुचारु रूपले चलाउन रजिस्ट्रारलाई सहयोग गर्ने।